
काठमाडौं। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बुधबार बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा लगाइएको छ। शान्ति सुरक्षालाई मध्यनजर गरी आज साँझ ५ बजेसम्म देशभर निषेधाज्ञा निरन्तर रहने सेनाले जनाएको छ।
साँझ ५ बजेपछि भने भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने सेनाले जनाएको छ। ‘त्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने’, सेनाको सूचनामा उल्लेख छ। कर्फ्यूको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किएर सहयोग पुर्याउन सेनाले जनतालाई अनुरोध गरेको छ।
कर्फ्यूको समयमा एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन हुने बस्नेतले बताए। आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षसँग समन्वय भइरहेको सेनाले जनाएको छ।
“आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही हुनेछ,” जंगी अड्डाले जारी गरेको सूचनामा भनिएको छ।







Facebook Comments