काठमाडौँ । जेन्जी आन्दोलनको कारण बुधबारदेखि सुनसान भएको काठमाडौँको सडकमा आज शुक्रबार भने चहलपहल देखिएको छ।

सकडमा गाडीहरूको चाप बढेको छ। बिहान खुलेका पसलहरूमा किनमेल गर्नेहरू उल्लेख्य संख्यामा देखिएका छन्। चोकचोकमा ट्राफिक प्रहरीले आजबाट उपस्थिति देखाएको छ। सडकमा प्रहरी पनि देखिन थालेका छन्। हिजोसम्म सडक सेनाले नियन्त्रणमा लिएको थियो।

सडकमा सार्वजनिक यातायातको आवतजावत नदेखिए तापनि निजी तथा अत्यावश्यक सेवाका साधनहरूको चाप छ। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र सुनुवाइ गर्न थालेको छ। नेपाली सेनाले आज शुक्रबार बिहान ६ बजे देखि ११ बजेसम्म र साझ ५ बजे देखि ७ बजे सम्मको लागि कर्फ्यु खोलिदिएको छ।