
काठमाडौँ । नेपाली सेनाले झापामा शंकास्पद वस्तु ‘डिस्पोज’ गरेको छ । भद्रपुर नगरपालिका–८, हस्पिटल चोकमा फेला परेको शंकास्पद वस्तु सुरक्षितसाथ डिस्पोज गरिएको सेनाले जनाएको छ ।
यस्तै, काठमाडौंको महाराजगन्ज क्षेत्रबाट विभिन्न मोबाइल र विदेशी मुद्रासहित दुईजनालाई नियन्त्रणमा लिइएको छ । धादिङको गजुरीस्थित कारागारबाट भागेका मध्ये ४३ कैदीलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।
हालसम्म विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद गरिएको सेनाले जनाएको छ ।







Facebook Comments