काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाउने कोसिस भइरहेका बेला वार्ताका लागि सिग्देल शीतल निवास पुगेका हुन् । उनले जेन-जी आन्दोलनकारीसँग नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको तर्फबाट वार्ता गर्दै आएका छन् ।

शुक्रबार हुने भनिएको निर्णायक वार्तामा संवैधानिक जटिलताको गाँठो फुके कार्कीले प्रधानमन्त्रीको शपथ लिनेछिन् ।