काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले वाम पार्टीहरुसँग एकताको अपिल गरेका छन् । सामाजिक सञ्जाल मार्फत् भूसालले एमाले र माओवादीको स्कूलिङमा हुर्केका शक्तिहरुसँग एकताको अपिल गरेका हुन्।

‘..हाम्रो विचार एउटै हो, नेताहरुको स्वास्र्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ’ उनको अपिल छ, ‘हामी एक ठाउँ उभिन्छौं भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्न ती सबै बन्धन चुँडाल्न तयार होऔं ।’
जेनजी आन्दोलनसम्म आइपुग्दाको संकटलाई उनले लोकतान्त्रिक गणतन्त्रले खोजेको जिम्मेवारी र नैतिक मूल्य नेतृत्वमा नदेखिनु कारण भएको उल्लेख गरेका छन्।

‘हाम्रा पार्टीहरुलाई बिर्ता बनाएर नेताहरुको रजाइँ चल्न दिएको नालायकीको मूल्य आज हामीले तिर्दैछौं। राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएका मानिहरु पर्टी नेतृत्वमा भर्ती गर्दै जाँदा पार्टी नेतृत्व बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो’ भूसालले लेखेका छन्।