
काठमाडौं । सर्वोच्चले नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट भएको जनाएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न चाँडै अदालत सञ्चालनमा ल्याउने उल्लेख गरेका छन् ।
‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक प्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौ,’ प्रधानन्यायाधीशद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च अदालतलगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति प्रधानन्यायाधीशले दुःख व्यक्त गरेका छन् ।
प्रधानन्यायाधीशले घटनाप्रति दु:ख व्यक्त गरेका छन्। ‘भदौ २३ र २४ गते भएको घटनाका क्रममा मृत्यूवरण गरेका नेपाली नागरिक प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ भने यो घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।







Facebook Comments