
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच शुक्रबार बिहान गर्ने भनिएको वार्ता बल्ल सुरु हुने भएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच शुक्रबार बिहान गर्ने भनिएको वार्ता बल्ल सुरु हुने भएको छ ।
कार्कीलाई राष्ट्रपति पौडेलले शितलनिवास बोलाएका छन् । जेनजी नेता सुदन गुरुङका अनुसार शुक्रबार दिनभर संविधानविद् ओमप्रकाश अर्याल, अधिवक्ता रमन कर्ण र राषट्रपतिका सल्लाहकार बाबुराम कुँवरबीच मात्रै वार्ता भएको थियो । अहिले पूर्वप्रधानन्यायाधीश कार्कीलाई पनि बोलाइएको शितलनिवास स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेल आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सहमत भएका छन् । तर जेनजी समूहरुले सर्तका रुपमा अघि सारेको संसद् विघटको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन ।
अन्तरिक सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राति साढे १० बजेदेखि शुक्रबार बिहानसम्म साढे ३ बजेसम्म वार्ता भएको थियो ।
'हामी अझै पनि संसद् विघटन हुनुपर्ने मागमा अडिक छौं,' गुरुङले भने, 'त्यसका लागि राष्ट्रपतिज्यू सकारात्मक देखिनु भएको छैन । हाम्रा कानुन व्यावसायी ओमप्रकाश अर्याल र रमन कर्णले राष्ट्रपतिका कानुनी सल्लाहकारसँग वार्ता गरिरहनु भएको छ ।'







Facebook Comments