
काठमाण्डाैँ । प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई
अन्तरिम सरकारको प्रधानमन्त्री सुशील कार्कीको शपथग्रहण समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी भएका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी भएपनि अन्य राजनीतिक दलका नेताहरु देखिएनन् ।
कांग्रेस, एमाले र माओवादीका प्रमुख नेतालाई सहभागी हुन आग्रह गरिए पनि समारोहमा आएनन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले कार्कीलाई यसअघि नै समर्थन गरिसकेका छन् ।







Facebook Comments