-1757419132.jpg)
काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज पुर्याइएको छ । प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट टिचिङमा पुर्याइएको हो ।
अस्पतालको फोरेसिन्सक विभागका प्रमुख डा. गोपाल चौधरीले अस्पताल लगिएकामध्ये २५ जनाको शव पोष्टमार्टम भएको जानकारी दिए । “हालसम्म ४६ शव पोष्टमार्टमका लागि ल्याइएको छ । यीमध्ये २५ जनाको शव पोष्टमार्टम सकियो । १८ जनाको शव परिवारलाई बुझाइएको छ,” उनले भने, “मृत्युको कारण सबैलाई अवगत नै छ ।”
नेपाल प्रहरीका अनुसार, हालसम्म देशभर ७२ जनाको मृत्यु भइसकेको छ । यही भदौ २३ र २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा अधिकांश सरकारी कार्यालयहरू जलेर ध्वस्त बनेका छन् ।







Facebook Comments