
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुदन गुरुङ समूहका युवाले मध्यराति नाराबाजी गरेका छन् । आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
“म चाहिँ लाशमाथि हिँडिरहेको थिएँ,” गुरुङले भनेका छन्, “यहाँ क–कसलाई मन्त्री बनाउने काम भइरहेको रहेछ ।” नाराबाजीमा सहभागी युवाहरुले आन्दोलनको नेतृत्वकर्ता आफूहरु भएको बताउँदै भनेका छन्– हाम्रो आन्दोलन हाइज्याक भयो ।”
गुरुङले आफूहरुले भनेको नमाने भोलि सबैलाई बाहिर निकाल्ने सार्वजनिक चेतावनी दिएका छन् ।







Facebook Comments