काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न सरकारी निकाय, संघ–संस्था र व्यक्तिका भवनमा ठूलो क्षति पुगेको छ । केवल भवनमात्र होइन, सवारीसाधनमा समेत व्यापक क्षति भएको सरकारी तथ्यांकले जनाएको छ।

सिंहदरबार र वरपरका क्षेत्रमा मात्र सरकारी निकायका ४४१ वटा साना गाडी तथा बस पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। त्यस्तै ६०१ मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ। कतिपय कार्यालय तथा निकायहरूमा क्षतिको हिसाबै गर्न नसकिने अवस्था रहेको छ।

प्रमुख निकायमा क्षतिको विवरण

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

साना गाडी/बस : ४७

मोटरसाइकल/स्कुटर : ७४ (जलेका)

अर्थ मन्त्रालय

गाडी : ३६

मोटरसाइकल/स्कुटर : ५३

सर्वोच्च अदालत

गाडी : ५१

मोटरसाइकल : गन्न नसकिने अवस्था

सहरी विकास तथा भवन निर्माण विभाग

गाडी : ५०

मोटरसाइकल (अनुमानित) : २००

सडक विभाग

बस : ६५

मोटरसाइकल : गन्न नसकिने अवस्था

अन्य निकाय तथा कार्यालयमा पनि क्षतिको यकिन विवरण अझै संकलन भैरहेको सरकारी स्रोतले जनाएको छ।