
काठमाडौँ । जेनजी सहिदहरूको शवयात्रा गरिएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरबाट शव यात्रा सुरू भएको हो। चक्रपथ,चाबहिल हुँदै पशुपति आर्यघाटमा पुगेपछि सहिदहरूको पार्थिव शरीरको अन्तिम दाहासंस्कार गरिँदैछ।
जेनजी समूहको आन्दोलनका क्रममा भदौ २३ र २४ गते ज्यान गुमाएका सहिदमध्ये केहिको पशुपति आर्यघाटमा र केहिको आफ्नो जिल्लामा अन्त्येष्टिका लागि लैजाने तयारी छ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झन्डा ओढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । यसैगरी सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौं जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।







Facebook Comments