
काठमाडौँ । धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन्। पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान दुईवटा गाडी ठोक्किएका हुन्।
भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय दादिङले जनाएको छ।
सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक यात्रुलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।







Facebook Comments