काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन्।  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको बताएका हुन्।  

उनले एमाले–कांग्रेसको दुई तिहाइको सङ्ख्याले नभइ सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाहरूको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे।  

त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे। उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे। संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिए।