काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताएका छन्।

सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाडौँमा नेपाल–चीन सम्बन्धबारे आयोजना गरेको कार्यक्रममा सम्बोधन गदैै उनले एक चीन नीति नेपालले लिएको बताए। ‘एक चीन नीति नेपालले लिएको छ,’ देउवाले भने, ‘मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु।’

उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे।

‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ,’ देउवाको भनाइ छ, ‘मलाई विश्वास छ, चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ।’

उनले दुई देश बीचको सांस्कृतिक, शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनुपर्नेमा जोड दिए।