काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

साथै दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेता लगायतले शुभकामना दिएका छन् ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ । 

जनगणना २०७८ ले कुल जनसंख्याको २.२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको अपांगता भएको वा ६ लाख ४७ हजार ७५५ जनामा अपांगता रहेको देखाएको छ । जबकि नेपाल जनसंख्या तथा स्वास्थ्य सर्भे–२०२२ ले कुल जनसंख्याको ६.७ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता विद्यमान रहेको देखाएको छ ।

यस्तै सेयर कास्ट इनिसिएटिभ नेपालले गरेको सर्भेले ६.७ प्रतिशतमा अपांगताको अवस्था देखाएको छ ।

क’ वर्ग जसलाई पूर्ण अपांगतामा वर्गीकरण गरिएको छ, ‘ख’ वर्गलाई अतिअशक्त अपांगता भनिएको छ, ‘ग’ वर्गलाई मध्यम र ‘घ’ वर्गलाई सामान्य अपांगता गरी तय गरिएको छ ।