
काठभमाडौँ । उदयपुरको त्रियुगा खोलामा बस पल्टिएको छ। चौदण्डीगढी नगरपालिका–५ मा सोमबार राति डाइभर्सन हुँदै खोला तर्नेक्रममा बस फसेको थियो।
मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले पल्टाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदार माङडोङले जानकारी दिए।
बसलाई बाढीले फसेको ठाउँबाट केही पर पुर्याएको थियो। उनका अनुसार बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू बस फसेपछि निस्किएका थिए।
नजिकै रहेको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्जन बनाइएको थियो।







Facebook Comments