काठमाडौँ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल जारी छ ।

सोमबार छलफलका लागि नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबल भएको थियो । त्यसपछि सांसदहरूले छलफलमा भाग लिइरहेका छन् । प्रतिपक्षी सांसदहरूले दुईतिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेका छन् ।

तर, नीति तथा कार्यक्रमको छलफलमा सहभागिता भने निराशाजनक छ । संसद्का अधिकांश कुर्सी खाली छन् । सांसदहरूलाई नीति तथा कार्यक्रममाथिको छलफलमा अरूचि देखिएको छ । मंगलबार संसद् भवनका खाली कुर्सीले त्यही कुरा पुष्टि गरेका छन् ।