काठमाडौं । दयाहाङ राई र रिश्मा गुरुङको शीर्ष भूमिका रहेको फिल्म ‘रिमै’को प्रदर्शन मिति तय भएको छ । बुद्ध जयन्तीको अवसरमा सोमबार पोस्टर सार्वजनिक गर्दै निर्माताले २७ भदौदेखि फिल्म विश्वब्यापी रिलिज हुने जनाए ।

खिलबहादुर गुरुङ निर्देशित फिल्ममा ‘कबड्डी’ फिल्मको जोडीलाई पुनः पर्दामा देख्न सकिनेछ । सार्वजनिक केही पोस्टरमा दयाहाङ, रिश्मा, गौमाया गुरुङलाई फिचर्ड गरिएको छ ।

गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर फिल्म बनाइएको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा फिल्म बनेको हो ।

यसमा बुद्धि तामाङ, अर्पण थापा, कविता आलेमगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना रानामगरको पनि अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् । बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको हुन् ।

दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन छ ।