काठमाडौँ । चलचित्र ‘बलिदान’को शीर्ष गीत रिलिज भएको छ । ‘बलिदान’ बोलको गीतमा हर्क साउदको शब्दरचना छ ।

संगीत र स्वर सुजन चापागाईंको छ । गीतमा जन्म दिएर र हुर्काएर जीवन दिने आमाको ज्यान बचाउन छोराले गरेको संघर्ष छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र ऋचा शर्मा केन्द्रमा छन् । अन्य केही कलाकार पनि फिचर्ड छन् ।

‘बलिदान’मा समीर र ऋचासँगै सौगात मल्ल, अर्पण थापा,  कविता राय, हेमन्त बुढाथोकी र निर्देशक सेनलगायतका कलाकारको अभिनय छ । आसुसेन फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

यो सिनेमालाई दसैंको फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।