काठमाडौँ  । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीटी काठमाडौँ आइपुगेकी छिन। शनिबार त्रिभुवन विमानस्थल हुँदै उनी काठमाडौँ आएकी हुन्।

आज चुच्चेपाटीस्थित ह्ययात ग्राउन्डमा आयोजना हुने कार्यक्रममा नोरासहितको टिमले प्रस्तुति दिनेछ। हिजो नोराको टिम प्रस्तुतिको लागि काठमाडौँ आइसकेको छ। उक्त कार्यक्रममा नोरा फतेहीसँगै विभिन्न नेपाली कलाकारले पनि प्रस्तुति दिनेछन्।