
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा विश्व पौडेलले गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन सेयर बजार घटेको छ ।
बुधवार सेयर बजार परिसूचक नेप्से ७.२९ अंकले घटेर २ हजार ६६९.५१ बिन्दु कायम भएको हो । यसअघि मंगलबार पौडेल गभर्नर नियुक्ति हुने चर्चाका बिच सेयर बजार बढेकोमा त्यसको भोलिपल्ट भने घट्न पुगेको हो ।
यस दिन २ करोड ३० लाख २६ हजार कित्ता सेयर कारोबार किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै यस दिन बैंकिङ, विकास बैंक र मिचुअल फण्डतर्फको उपसूचक भने बढेको नेप्सेले जनाएको छ ।







Facebook Comments