काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ले दुई हप्तामा ८ करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

हालसम्म यो सिनेमाको ओभरसिज कलेक्सन भने सार्वजनिक भएको छैन । निर्माणपक्षका अनुसार हाल यो सिनेमा १२० भन्दा बढी शोसहित प्रदर्शन भइरहेको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनील पोखरेलको अभिनय रहेको छ ।