काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक ३२।७० अंकले बढेर २७१२.६९ विन्दुमा अडिएको छ।

१३६ स्क्रिप्सको १ लाख १६ हजार  ४३४ कित्ता सेयर ४ करोड १० लाख  ३५ हजार  ७१४ रुपैयाँमा खरिदबिक्री भए।  कारोबारमा आएकामध्ये १२७ स्टक्सको मूल्य बढ्दा ५ वटाको घट्यो।

आईतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताले वर्षैदेखि उठाउदै आएको माग पुरा गरेसँगै नेप्से प्रि ओपन सेसनमा उच्च अंकले बढेको हो ।