
काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेपनि पाँच कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक,ओम मेघाश्री फर्माक्युटिकल्स,ग्रीन डेभलपमेन्ट बैंक,भूगोल इनर्जी डेभलपमेन्ट र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.८७ अंकले बढेर ४५६.९६ विन्दुमा पुगेको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको हो। सोमबार ७ अर्ब ५८ करोडको सेयर कारोबार भएकोमा आज ६ अर्ब ५२ करोड मूल्य बराबरको कारोबार भयो। आइतबार ७ अर्ब ६० करोडको सेयर कारोबार भएको थियो।
यसदिन ३१८ स्क्रिप्सको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँमा खरिदबिक्री भए। युनिभर्सल पावर ६३ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।
राधी विद्युतको ४७ करोडको सेयर कारोबार हुँदा नगदी ग्रुपको ४२ करोड, सानिमा माइ हाइड्रोपावरको २६ करोड र बुटवल पावरको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ८५ स्टक्सको मूल्य बढ्दा १६१ वटाको घट्यो। यसदिन ६ समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो। बैंकिङ, डेभलपमेन्ट बैंक,हाइड्रोपावर,मनु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।







Facebook Comments