काठमाडौं । सरकारले जंगली जनावरबाट खेतिबालीमा हुने नोक्सानी कम गर्न नियन्त्रणका उपायहरू अपनाउने भएको छ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल बाँदर, बँदेल र निल गाईजस्ता जंगली जनावरबाट खेतिबालीमा हुने नोक्सानी कम गर्न नियन्त्रणका उपायहरू अपाउने बताएका हुन्।  उनले बाँदरको जोखिम रहेको क्षेत्रमा सिमल,तरुण बेसार, चिया, कफी, अदुवा, खुर्सानीलगायतका खेति गर्न प्रोत्साहन गरिने बताए। सरकारले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उनले बताए।