
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।







Facebook Comments