
मुम्बई । बलिउड अभिनेत्री दिशा पाटनी अब हलिउडमा समेत आफ्नो अभिनय यात्रा सुरु गर्न लागेकी छन्। दिशा चाँडै नै सुपरन्याचुरल एक्सन(थ्रिलर फिल्म ‘होलीगार्ड्स’ मा देखिनेछिन्।
यस फिल्ममार्फत ओस्कर विजेता निर्देशक केविन स्पेसी झन्डै दुई दशकपछि निर्देशनमा फर्किँदै छन्। फिल्मको छायांकन मेक्सिकोमा सम्पन्न भएको छ र यसमा धेरै अन्तर्राष्ट्रिय कलाकारहरू पनि देखिनेछन्।
दिशासँगै फिल्ममा डल्फ लुन्डग्रेन, टायरेस गिब्सन र ब्रियाना हिलडेब्रान्डले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
‘होलीगार्ड्स’ एउटा फ्रेन्चाइजको हिस्सा हो, जसको नाम ‘स्टेटिगार्ड्स भर्सेस होलीगार्ड्स’ हो। फिल्ममा एक्सन, हरर र सुपरन्याचुरलका थुप्रै तत्त्वहरू हुनेछन्। पोस्ट(प्रोडक्शनकै क्रममा फिल्मलाई लिएर चर्चाहरू सुरु भइसकेको छ।
केही समयअघि दिशा पाटनीको सुटिङका क्रममा खिचिएको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिर मेक्सिकोको डुराङ्गोको थियो, जहाँ फिल्मको छायांकन भइरहेको थियो।
उद्योगका एक स्रोतका अनुसार, ‘दिशा यो वर्ष जनवरीमा मेक्सिकोमा थिइन्। उनले टायरेस गिब्सन र ह्यारी गुडविन्ससँग छायांकन गरेकी थिइन्।’
यो दिशाको पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट भने होइन। यसअघि उनले ज्याकी च्यानसँग ‘कुंग फु योगा’ फिल्ममा पनि काम गरिसकेकी छन्। हलिउड प्रोजेक्टसँगै दिशा अहिले ‘वेलकम टु द जंगल’ को तयारीमा पनि जुटेकी छन्, जुन २०२५ मा रिलिज हुने योजना छ।







Facebook Comments