काठमाडौं । सामाजिक सञ्जालमा गायिका एलिना चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ । एकजना पक्राउ परेलगत्तै ब्युरोले जाहेरीका लागि एलिना चौहानलाई ब्युरोमा बोलाएको छ ।