काठमाडौं । सन् २०२५ अप्रिल १२-१३ मा इन्द्रेणी थिएटरले जापानको टोकियोस्थित (Itabashi) को भूमिगत थियटरमा आफ्नो  नाटक ‘मानव शरीरको जीवन’ को  मञ्चन सम्पन्न गरेको छ।

नाटक 'मानव शरीरको जीवन' का लेखक तथा निर्देशक केदारनाथ पौडेल हुन् भने प्रमुख भूमिकामा किरण चापागाईको एकल अभिनय प्रस्तुत गरिएको थियो। यो नाटकले मानव जीवनको भ्रूण अवस्थाबाट मृत्युसम्म र त्यसपछि पुनर्जन्मतर्फको यात्रालाई शारीरिक भाषाबाट अभिव्यक्त गर्छ। नाटकमा कुनै संवाद छैन, केवल अभिनेता किरण चापागाईले शरीरको माध्यमबाट, कराह र चिच्याहटका स्वरहरू प्रयोग गर्दै मानव जीवनका विभिन्न अवस्थाहरूलाई दृश्य रूप दिएका छन्।

नाटकको पूर्ण प्रस्तुति अवधिभर निर्देशक पौडेलले आफूले तयार पारेको सारंगी संगीत प्रत्यक्ष रूपमा बजाएर वातावरण निर्माण गरेका थिए। प्रदर्शनपश्चातको ‘अफ्टर टक’ सेसनमा, एक दर्शकले भने, 'म नेपाली भाषा नबुझ्ने भए पनि, शरीरको भाव र ध्वनिको माध्यमबाट गहिरो अर्थ बुझेँ।  तर केही नेपाली संवाद मिसिएको संस्करण हेर्न पाउँदा पनि फरक अनुभव भयो।'

नेपाली नाटकलाई जापानको भूमिमा देखाउन पाउँदा  प्रेरणा मिलेको पौडेलले बताए।