काठमाडौं । चलचित्र ‘मैझारो’मा मिरुना मगर अनुबन्ध भएकी छन् । धिरज मगरपछि ‘मैझारो’मा मिरुना जोडिएकी हुन् । यो चलचित्रमा धिरन र मिरुनाको अनस्क्रिन जोडी देखिनेछ ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘मैझारो’लाई विल्सन विक्रम राईले निर्देशन गर्दैछन् । यो उनको डेब्यु निर्देशन हो । यो चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । सौरभ लामाले छायांकन गर्नेछन् । छायांकन साउनको पहिलो हप्ताबाट सुरु हुनेछ ।

निर्देशक राईले यो चलचित्रको छायांकन इलाम र पाँचथरमा हुने बताएका छन् । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक कथा भन्नेछ ।