काठमाडौँ । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव ०२ अंकले बढेर २७०५ दशमलव ९० को विन्दुमा पुगेको छ ।

बुधबार ३१६ कम्पनीका ६२ हजार ८८४ पटकको कारोबारमा एक करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ रहेको छ ।

१९९ कम्पनीको सेयर मूल्य बढ्दा ४९ कम्पनीको घटेको छ । आज राधी विद्युत् कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।