धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ शिसा पोष्ट नजिक र टीकापुर नगरपालिका–७ बिष्णुकान्ति चोक नजिक भित्रि सडक खण्डबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी  एक लाख ४५ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

भन्सार छलीका सुर्ती, कुर्ती, कट्टु, कुर्ता सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ बेलौरीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २२ हजार ९ सय बराबरको सुटपिस, पर्दा, तन्ना लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।