काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार झन्डै २६ अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक ०.९५ प्रतिशतले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ ।

यस दिन नौ अर्ब ६८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भयो । बुधबार (असार २५) सात अर्ब ४५ करोड १८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ८७ कम्पनीको सेयर मूल्य घटेको छ । माईखोला हाइड्रोपावरको सेयर मूल्य ८.१५ प्रतिशतले वृद्धि भएको छ ।

कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।