काठमाडौं । प्रिओपनिङ सेसनमा सेयर बजार ३५ अंकले बढेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि पहिलोपटक खुलेको बजारमा सो बराबरको वृद्धि देखिएको हो ।

जसअनुसार ६ वटा कम्पनीको मात्रै मूल्य घटेको छ भने कारोबार भएका एउटा कम्पनीको मूल्य स्थिर देखिएको छ ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले सेयर बजार, घरजग्गा ताथ वित्तीय क्षेत्रका लागि खुकुलो नीति लिएसँगै बजार बढ्ने अपेक्षा गरिएको थियो ।