
काठमाण्डाैँ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
यस अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुक क्लोज गरिसकेको छ। यस अनुसार असार ५ गतेसम्मका कायम सेयरधनीहरूले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई केयरएपी सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।







Facebook Comments