हरितालिका तीजको माहोललाई थप रङ्गिन बनाउन नयाँ तीज गीत 'म भन्दा राम्रो कोही' सार्वजनिक भएको छ। निकी थापा अफिसियलले बजारमा ल्याएको यो गीतमा लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक पशुपति शर्मा र गायिका निकी थापाको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतको भिडियोमा अभिनेता पल शाह र नारायणी खत्रीको आकर्षक नृत्यले दर्शकको मन जित्ने प्रयास गरेको छ। उनीहरुको जोडीलाई निशान बानियाँले निर्देशन गरेका हुन् भने दावा बल तामाङले सुन्दर कोरियोग्राफी भरेका छन्।

साजन कुँवरका शब्द र यज्ञ सापकोटाको संगीतले सजिएको यस गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन्। गलबन्दी म्युजिक प्रालिको प्रस्तुतिमा बनेको भिडियोलाई बुद्ध थापा र उनको टिमले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन्। गीतलाई निकी थापाको अफिसियल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ।