
काठमाडौं । नेपाली बजारमा सोमबार ९असार ३०० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँ कायम छ । आइतबार ९असार २९० छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।







Facebook Comments