
काठमाण्डाैँ । लचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माण पक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो ।
मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यस सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।
निर्देशक थापाले यस अघि चलचित्र ‘बाटोस् रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।
चलचित्र ‘परिवार’को अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन्। एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ। दुईवटी श्रीमती हो कि भन्ने शंका गर्न सकिन्छ । सँगै कुकुर र बिरालो पनि छन् ।
टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।
चलचित्रमा को-को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन ।
चलचित्रमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।
चलचिको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ । निरज कँडेलको डिओपी रहने सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।







Facebook Comments