काठमाण्डाैँ । चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ तीज गीत ल्याउने भएका छन्। दुई चर्चित गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानसँगको सहकार्यमा उनले ‘नाइँ भनेसि नाइँ’ गीत सार्वजनिक गर्न लागेका हुन्।

सपुतले फेसबुकमार्फत तीजको अवसरमा नयाँ गीत ल्याउन थालेको घोषणा गरेका हुन्। छायांकन सकिएको सो गीत केही दिनमै सार्वजनिक गर्ने तयारी छ।

एक बिम्बात्मक पोस्टर सार्वजनिक गर्दै उक्त गीतमार्फत एउटा आवाज लिएर आउन लागेको प्रकाशले उल्लेख गरेका छन्। यो गीत ‘बदला बरिलै’ को भाग २ हुनेछ।

प्रकाशले ४ वर्षअघि ‘बदला बरिलै’ सार्वजनिक गरेका थिए। जुन गीतलाई दर्शकस्रोताले निकै मन पराएका थिए। बलात्कारविरुद्धको कथा बोक्ने गीतमा देवि घर्तीको स्वर थियो। ‘बदला बरिलै २’ मा पनि प्रकाशले महिला हिंसाविरुद्धको कथा उठान गरेको अनुमान लगाउन सकिन्छ।