
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।







Facebook Comments