काठमाडौँ । चलचित्र ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला छ ।

टिजर सार्वजनिक गर्दै निर्माणपक्षले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ताअगाडि सारेको जानकारी दिएको छ । यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अब भदौ २० गतेबाट प्रदर्शनमा आउनेछ ।

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका हुन् ।

वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।