काठमाडाैँ । गीतकार रमा कार्कीको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ। म्यूजिक नेपालले बजारमा ल्याएको हाे।

लाेकप्रिय संगीतकार महेश खड्काको संगीत रहेकाे उक्त गीतलाई गायिका अभिज्ञा घिमिरेले समुधुर स्वर मार्फत जीवन्त तुल्याएकी छन्। विशाल कार्की प्रोड्युसर रहेको गीतमा अहिलेकी लोकप्रिय मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरी लगायतको अभिनय र नृत्य रहेको छ। म्यूजिक भिडियोको निर्देशन मिनाक्षी कोइरालाले गरेकी छन् भने नृत्य निर्देशक प्रशान्त मगर रहेका छन्।