काठमाडौँ । नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआइ तयार भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबिच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवाद्वारा तयार पारिएको डिपिआर निगमको हवाई इन्धन डिपो सिनामंगललाई हस्तान्तरण गरिएको हो ।

हवाई इन्धन डिपोलाई सेनाको गल्फ कोर्समा स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने सम्बन्धमा गत मंसिर ५ गते निगमले इन्जिनियरिङ अध्ययन संस्थान सम्झौता गरेको थियो ।  प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्णरूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुने र डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोमिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुनेछन् ।

त्यस्तै भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने नेपाल आयल निगम लिमिटेड हवाई इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए। डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुने निगमले जनाएको छ ।

निर्माण हुन लागेको डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख अनुमान गरिएको छ । यसै आर्थिक वर्षको मंसिर महिनामा निर्माण कार्य सुरुगरी दुई वर्षभित्रमा निर्माण सम्पन्न गरि डिपो सञ्चालन गर्ने योजना रहेको निगमले जनाएको छ ।