काठमाडौँ । गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ करोड क्लबमा प्रवेश गरेको छ। १८ दिनअघि सार्वजनिक गीत युट्युबमा करोडपटक हेरिएको हो।

भ्लगर सिसन बानियाँ र गुराँस नानीसँग दुर्गेशको सहकार्यलाई दर्शकले रुचाएका छन्। गीतका शब्द, संगीत र संगीत संयोजन दुर्गेशले नै गरेका हुन्।  गायनमा दुर्गेशलाई सिसन र अल्हाजी गेरोले साथ दिएका छन्। गीतको भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकार छन्। गीतले २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ।

साथै छोटो समयमै ग्लोबल ट्रेन्डिङमा पर्ने गीत पनि बनेको छ। यद्यपि गीतले प्रकाश सपुतको रेकर्ड भने तोड्न सकेन। प्रकाश सपुतको गीत ‘सकम्बरी’ सबैभन्दा छिटो करोडपटक हेरिएको नेपाली गीत हो। यस गीतलाई सातामै करोडपटक हेरिएको थियो।