काठमाडौं । सोमबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेको हो ।

सो घटाइपछि नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । हिजो आइतबार पनि बजार १८.४४ अंक घटेको थियो । कारोबार खुलेपछि नै बजार ओरालो लाग्यो ।

कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडको भयो ।