
काठमाण्डाैँ । ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट रिसोर्ट तयार भएको छ।
१ अर्ब ९५ करोड लागतमा निर्माण भएको रिसोर्टको व्यवस्थापन अमेरिकन चेन ब्रान्ड वेस्ट वेस्टेन प्लसले लिएको छ।
निर्माण सुरू भएको करिब ६ वर्षपछि रिसोर्ट पूर्ण रूपमा तयार भई सञ्चालन गर्न लागिएको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आगामी दसैंअघि रिसोर्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
यो रिसोर्टमा कुल ८३ वटा कोठा छन्। ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, २ वटा रेस्टुरेन्ट छ।
रिसोर्टमा तीन सय बढी क्षमताको बैंक्वेट हल छ।
रिसोर्टमा कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।







Facebook Comments