
काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को पोष्टर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार सार्वजनिक गरेको पोष्टरमा हरिवंश आचार्य छन् ।
हरिबहादुर पात्र टेलिभिजन दर्शकमाझ लोकप्रिय छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका हुन् । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र दसैँको फूलपाती (असोज १३ गते)देखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।







Facebook Comments