काठमाण्डाैँ । बलिउड अभिनेत्री मृणाल ठाकुरले अगस्ट १ मा आफ्नो जन्मदिन मनाइन् । यसको एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ, जसमा उनको साथमा दक्षिण भारतीय अभिनेता धनुष पनि देखिएका छन् ।

यो भाइरल भिडियोमा धनुषले मृणालको हात समातेको देख्न सकिन्छ । उनीहरू दुवै जना कुरा गरिरहेका छन् । यसैबिच मृणालले उनको कानमा खुसखुस गरेर कुरा गरेको पनि देखिन्छ । यी  भिडियो हेरेपछि यी दुईबिच डेटिङ चलिरहेको चर्चा चुलिएको छ ।

अजय देवगणसँग मृणालको पछिल्लो फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा भाग लिन धनुष मुम्बई आएपछि दुईबिच डेटिङको हल्लाले बल पाएको थियो । यही भिडियोलाई सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले ‘के धनुष र मृणाल ठाकुर डेटिङ गरिरहेका छन् ?’ भन्ने क्याप्सनसहित सेयर गरेका थिए । यो भिडियो निकै भाइरल भयो ।

डेटिङको हल्लाबारेमा यसो भन्छिन् अभिनेत्री

इन्स्ट्यान्ट बलिउडसँग हालै भएको कुराकानीमा मृणालले धेरै सोचविचार गरेर मात्रै आफ्नो करियरबारे निर्णय लिने भनेकी थिइन् । ‘मलाई मेरो करियरमा अझै धेरै गर्नुछ ।

धेरै कामहरू यस्ता पनि छन्, जसमा मैले अहिलेसम्म काम गरेकै छैन । तर मैले ती चिजबारे त्यतिबेला मात्रै कुरा गर्नेछु जतिबेला मैले वास्तवमै ती काम गर्न थाल्नेछु, यीबारे बताएर म यसलाई बिगार्न चाहन्न । म दुष्ट नजर भन्ने कुरामा पूरै विश्वास गर्छु  । यस्तो नजर लागि हाल्छ’ अभिनेत्रीले भनिन् ।

धनुषले रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए । तर १८ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याउँदै २०२२ मा यो जोडीले अलग हुने निर्णय गर्‍यो । २०२४ मा यी दुईको सम्बन्ध विच्छेद भयो । यस विवाहबाट उनीहरूका दुई छोरा यात्रा र लिंगा छन् । एजेन्सी