काठमाण्डाैँ ।  नरेश खाती र रचना रिमालको स्वरमा 'पैसा फल्ने बुटो' बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार युट्युबमा सार्वजनिक गीतमा अभाव र तनावले दिने पीडाको कुरा गरिएको छ। यसको शब्द र संगीत नरेश खातीको हो। संगीत संयोजनको काम सुनिल परियारले गरेका छन्।

गीतको भिडिओमा नरेश खाती स्वयंले अभिनय गरेका छन्। साथमा उज्ज्वल गिरी, सञ्जना गुरूङ र रचना न्यौपानेसहित  बालकलाकार आरूषी कार्की, युनिशा घिमिरे र सुजल रसाइलीले पनि यसमा अभिनय गरेका छन्। भिडिओमार्फत पैसा फल्ने बुटो देखाइदिन आग्रह गरिएको गीत रमाइलो खालको छ।

यसको भिडिओ जेरी भण्डारीको निर्देशनमा बनेको हो भने करण चैसिरको छायांकन र विकास धमलाको सम्पादन छ।